
१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत बाम एकताको आवश्यकता औंल्याएका छन् ।
तत्कालीन नेकपा एमालेसंगको एकता केपी शर्मा ओलीको प्रवृत्तिका कारण टुट्न पुगेको विश्लेषण गर्दै उनले फेरि पनि आफूहरु बाम एकताका लागि तयार रहेको बताएका छन् ।
जारी महाधिवेशनमा प्रस्तुत प्रचण्डको प्रतिवेदनमा ‘ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्दै आज पनि वृहत वाम एकता आवश्यक छ,’ भनिएको छ । प्रचण्डले थपेका छन्, ‘हाम्रो पार्टी एकताको पक्षमा रहिरहने छ ।’
साथसाथै नेकपा एकीकृत समाजवादी पार्टीसंग सहकार्य अगाडि बढाउँदै लैजाने विषयलाई प्रचण्डले प्रतिवेदनमै लेखेका छन् । ‘विभिन्न माओवादी समूह, माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीसँग सहकार्य बढाउँदै जाने हाम्रो नीति स्पष्ट नै छ’ प्रतिवेदनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4