+
+

मोदीले किने १९ करोडको कार, १५ किलो टीएनटी विस्फोट हुँदासमेत केही नहुने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १२:०७

१३ पुस, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ कार किनेका छन् । उनले मर्सिडिज ब्राण्डको मेब्याक एस-६५० नामक अत्याधुनिक सुरक्षा यन्त्रले सुसज्जित कार किनेका हुन् ।

केही समयअघि भारत भ्रमणमा आएका रुसी राष्ट्रपतिलाई स्वागत गर्ने मोदी बेला मेब्याक एस-६५० कारमा देखिएका थिए । उनी पुन: सोही कारमा देखिएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

रिपोर्टअनुसार मोदीले हालै किनेको मेब्याक एस-६५० कारको बजार मूल्य १२ करोड भारु (१९ करोड २० लाख नेपाली रुपैयाँ) रहेको छ । यो कारमा हालसम्म उपलब्ध अत्याधुनिक सुरक्षा यन्त्र जडान गरिएको छ ।

यसअघि मोदीले ल्याण्ड रोभर भोग र टोयटा ल्याण्ड क्रुजर जस्ता बुलेटप्रुफ कार प्रयोग गर्दै आएका थिए । तर पछिल्लो समय उनको सवारी सूचीमा बमले समेत असर नगर्ने मर्सिडिज ब्राण्डको कार थपिएको हो । अत्याधुनिक सुरक्षा यन्त्रबाट सुसज्जित मेब्याक एस-६५० झ्याल र बडीमा अपग्रेड गरिएको मर्सिडिज कार हो ।

कारको झ्याललाई पोलिकार्बोनेटले कोटिङ गरिएको हुँदा एके-४७ को गोली छिर्न सक्दैन । त्यस्तै, यो विस्फोटक पदार्थ प्रतिरोधी (ईआरभी) कार हो । कारमा सवार मानिस २ मिटरको दुरीमा १५ किलोग्राम टीएनटी विस्फोट हुँदासमेत सुरक्षित हुन्छन् ।

छ लिटर क्षमताका दुईवटा टर्बो भी-१२ इन्जिन रहेको कारको अधिकतम गति प्रति घण्टा १६० माइल रहेको छ । कारको भित्री भाग निकै विलासीपूर्ण रहेका छन् । साथै, कारमा पंचर हुँदासमेत गुड्न सक्ने विशेष खाले टायर प्रयोग गरिएको हुन्छ ।

यसबाहेक, ग्याँस आक्रमण भएको खण्डमा छुट्टै एयर सप्लाइ हुने व्यवस्था छ । मेब्याक एस-६५० को इन्धन ट्याङ्की विशेष सामग्रीले कोटिङ गरिएको हुन्छ र गोली लागेपछि आफैँ जोडिन्छ । अर्थात् कारको फ्युल ट्याङ्की बोइङ जहाज र अपाचे हेलिकप्टरमा प्रयोग गरिने सामग्रीले कोटिङ गरिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?