+
+

सन नेपाल लाइफ इन्स्योरेन्स पनि एनपीआईमा आबद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १३:५०

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा आबद्धका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सन नेपाल लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको एनपीआईसँग जोडी उपलब्ध विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी संकलन तथा खर्चको कारोबारहरु स्वचालित रुपमा गर्न सक्नेछन् । एनपीआईमा जोडिए पछि सन नेपाल लाइफका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुनेछ ।

उक्त प्रणालीमार्फत सन नेपाल लाइफले आफ्नो बिमा लेखको भुक्तानी, बिमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना लगानीसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछन् । यसले लाभग्राहीले कम्पनीबाट भुक्तानी प्राप्त गर्न कम्पनी नै पुग्नु पर्ने वा चेक लिनु पर्ने व्यवस्थाको पनि अन्त्य भई भुक्तानी सोझै आफ्नो बैंक वित्तीय संस्थाको खातामा प्राप्त गर्न सक्नेछन् ।

साथै सन नेपाल लाइफले आफ्ना विभिन्न खाताहरुमा रहेको रकमलाई समेत सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्धत पुर्‍याउने छ । सन नेपाल लाइफका बीमितहरुले आफ्नो (प्रिमियम) बिमा शूल्क पनि अनलाइन मार्फत कनेक्ट आईपीएसबाट, बैंक शाखाहरुबाट वा सदस्य बैंक/वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकका वैकल्पिक च्यानल मार्फतसजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?