
१३ पुस, काठमाडौं । बढ्दो तनावबीच चीन र जापानले संयुक्त रुपमा हटलाइट सेवा शुरू गर्न सहमत भएका छन् ।
चिनियाँ र जापानी रक्षा मन्त्रीले सोमबार सम्पन्न भिडियो कन्फरेन्सका क्रममा रक्षा हटलाइन सेवा शरू गर्ने सहमति गरेका हुन् । जापानको रक्षा मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा आगामी वर्षको अन्त्यसम्म हटलाइन सेवा शुरू गर्ने सहमति भएको उल्लेख छ ।
चिनियाँ रक्षा मन्त्रालयले समेत एक विज्ञप्ति जारी गर्दै संयुक्त हटलाइन सेवा शुरू गर्ने सहमति भएको जनाएको छ । तर मन्त्रालयको विज्ञप्तिमा हटलाइन सेवा शुरू हुने मिति भने खुलाइएको छैन ।
चिनियाँ रक्षामन्त्री वेइ फेङहे र जापानी समकक्षी नोबुओ किसीले सोमबारको भिडियो कुराकानीमा ताइवान, पूर्वी एवं दक्षिणी चिनियाँ सागर लगायतका विषयमा छलफल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4