+
+

आच्छुछुछु जाडो…

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १८:१४

१४ पुस, काठमाडौं । काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा पानी परेको छ । अग्ला भूभागहरुमा हिउँ पनि परेको छ । त्यसैले आज अघिल्लो दिनको तुलनामा चिसो बढेको महसुस भएको छ ।

गएरातिदेखि नै परिरहेको पानी र जाडोले मानिसहरुको दैनिकी नै प्रभावित बनाएको छ । अति आवश्यक काम परेर घर बाहिर निस्किनैपर्नेहरु पनि पानीबाट प्रभावित भए । चिसो बढेपछि मानिसहरु आगो तापेर न्यानो हुने कोसिसमा छन् ।

कतिपय विद्यालय बन्द

पानी परेर चिसो बढेपछि काठमाडौं उपत्यकाका कतिपय विद्यालयहरुले आकस्मिक सूचना जारी गरी विद्यालय बन्द गराएका छन् । अनामनगरस्थित सिटी मन्टेश्वरी स्कूलले बुधबार र बिहीबार दुई दिनका लागि विद्यालय बन्द गरेको सूचना प्रकाशित गरेको छ ।

काठमाडौं उपत्यका केही विद्यालयहरु भने खुल्लै छन् । विद्यार्थीहरु छाता र रेनकोट ओढेर विद्यालय पुगेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर नै बादल लाग्ने छ । ‘पानी पर्ने र रोकिने क्रम आज दिनभर नै जारी रहन्छ,’ महाशाखाकी मौसमविद गंगा नगरकोटीले भनिन् । बिहीबारबाट भने सुदूरपश्चिमबाट मौसम खुल्दै जाने महाशाखाको पूर्वानुमान छ ।

गत २४ घण्टामा सबैभन्दा बढी पानी लम्जुङमा ३९.८ मिलिमिटर पानी परेको छ । गोरखाको बारपाकमा ३९.६ मिलिमिटर पानी परेको रेकर्ड छ । यसैगरी चितवनमा ३४, मनाङमा २७.५ र काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०.७ मिलिमिटर पानी परेको रेकर्ड रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यी म्यानुअल नभई अटोमेटिक रेकर्ड भएका तथ्यांक हुन् ।

             

तस्वीरहरु: विकास श्रेष्ठ/चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?