+
+

तमु ल्होसारमा गण्डकीमा सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १४:३६

१४ पुस, पोखरा। तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेशले राष्ट्रियबाहेक ६ दिन थप बिदा सक्ने अधिकार छ । त्यसअनुसार प्रदेश सरकारले गत २०७७ चैत १७ गते नै तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गुरुङ समुदायको तमु ल्होछार यही पुस १५ गते बिहीबार परेको छ ।

बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने कुरा आज सूचना जारी गरेर मुख्यमन्त्रीको कार्यालयले जानकारी गराएको हो । गण्डकी प्रदेश सरकारले तमु ल्होसारजस्तै माघे संक्रान्ति, इदलगायत स्थानीय बिदा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?