+
+

अनमोल स्मृति खुला बास्केटबल आइतबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १९:३०

१४ पुस, काठमाडौं । शिव सेना नेपाल, ललितपुरको आयोजनामा प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगिता बिहीबारदेखि हुने तालिका रहेपनि प्राविधिक कारणले आइतबारदेखि मात्र सुरु हुने आयोजकका अध्यक्ष रवीन्द्र अवालेले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । समूह ‘ए’ मा टाइम्स, कीर्तिपुर, विएमके र गोल्डेनगेट रहेका छन् । रोयल, गोड्स, स्कल क्यान्डी र क्याम्पियन समूह ‘बी’ मा छन् ।

विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । ‘मोस्ट भ्यालुएबल प्लेयर’ ले १० हजार रुपैयाँ पुरस्कार पाउनेछ । खेलहरु चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?