+
+

माओवादीमा समानुपातिकतर्फका केन्द्रीय सदस्य छान्ने जिम्मा प्रदेशलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १७ गते १५:५९

१७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा समानुपातिक पद्धतिबाट निर्वाचित हुने सदस्य चयन गर्ने जिम्मा प्रदेश समितिलाई दिएको छ ।

माओवादीको महाधिवेशनबाट पारित विधान अनुसार केन्द्रीय समितिका १५४ सदस्य समानुपातिक पद्धतिबाट चयन हुनेछन् । समानुपातिक पद्धतिबाट विभिन्न क्लस्टर अनुसार केन्द्रीय समितिमा चयन हुने नेताको नाम टुंगो लगाउने जिम्मा प्रदेश समितिलाई दिइएको एक नेताले जानकारी दिए ।

समानुपातिक पद्धतितर्फ प्रदेश १ बाट २१, प्रदेश २ बाट २५, वागमतीबाट ३०, गण्डकीबाट १४, लुम्बिनीबाट २३, कर्णालीबाट १७, सुदूरपश्चिमबाट १६ र विशेष क्षेत्रबाट ८ जना गरी कुल १५४ जना चयन हुनेछन् । केन्द्रीय सदस्यका बाँकी सदस्य भने खुला प्रतिस्पर्धाबाट चयन हुनेछन् ।

समानुपातिक तर्फबाट केन्द्रीय सदस्य चयनका लागि प्रदेश समितिको बैठक महाधिवेशन स्थलमा नै बसेको छ ।

प्रदेश समितिले आफ्नो प्रदेशले पाएको संख्याभित्र खस आर्य, आदिवासी जनजाति, दलित, मधेसी, अपांगता, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट महिला, पुरुष, महिला युवा र पुरुष युवाको नाम केन्द्रीय सदस्यका लागि चयन गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?