+
+

‘आरआरआर’ पोष्टपोन्ड हुँदा नेपाली निर्माता उत्साहित, वितरक निराश

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते ११:३४

१८ पुस, काठमाडौं । आगामी शुक्रबार अर्थात् जनवरी ७ तारिखबाट रिलिज हुन लागेको चलचित्र ‘आरआरआर’ पोन्टपोन्ड भयो । बक्स अफिसमा सुनामी नै ल्याउँछ भन्ने अपेक्षा गरिएको एसएस राजमौली निर्देशित यो चलचित्र पोष्टपोन्ड हुँदा धेरै जना निराश भएका छन् ।

महँगो प्रचारप्रसार र लाखौं टिकट समेत बिक्री भइसकेको चलचित्र रिलिज नहुँदा मेकरलाई ठूलै घाटा लागेको छ ।  यो चलचित्रको नेपाल वितरणका लागि वितरक मनोज राठी र उनको टिमले पनि महँगो रकम खर्च गरेको थियो । चलचित्र अन्तिम समयमा पोष्टपोन्ड हुँदा वितरक राठी निराश देखिएका छन् । उनले भने, ‘फेरि मनोरञ्जन क्षेत्र कता जाने हो भन्ने चिन्ता लागेको छ । दर्शक बल्ल हलमा फर्किंदै थिए, अब के हुन्छ भन्न सकिने अवस्था छैन ।’

चलचित्रका लागि करिब २ करोड भारतीय रुपैयाँ तिरिसकेका वितरकको रकम फ्रिज भएको छ । राठी भन्छन्, ‘माहोल फेरि भयावह हुने अवस्थामा गएको छ । चलचित्र क्षेत्रको भविष्य अब के हो भनेर अहिले नै भन्न सकिने अवस्था म देख्दिनँ ।’

वितरक राठी र उनको टिम निराश देखिँदा नेपाली चलचित्रका निर्माता भने उत्साहित देखिएका छन् । शुक्रबारबाट रिलिज भएको चलचित्र ‘कठपुतली’ले अर्को साता मल्टिप्लेक्समा शो नै नपाउने हो कि भन्ने भय थियो । तर, अब ‘आरआरआर’ सरेपछि यो चलचित्रले दोस्रो सातामा पनि राम्रो शो पाउने पक्का भएको छ ।

‘आरआरआर’का कारण पुस ३० गते रिलिज हुन लागेको चलचित्र ‘चपली हाइट ३’ले पनि कम शो पाउने विश्लेषण गरिएको थियो । तर, अब बक्स अफिसमा ‘चपली हाइट ३’लाई शोको  हिसाबमा फाइदा हुनेछ । यसले नेपाली चलचित्रका निर्माता भने उत्साहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?