+
+

गुरुङ, पौडेल र शाही कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १९:५५

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेका छन् ।

उनीहरु तीनै जना १४औं महाधिवेशन पदमा पराजित भएका थिए । गुरुङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सहमहामन्त्री पदमा उम्मेदवार थिए ।

सभापति देउवाले यसअघि १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । देउवाले शनिबार रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

कांग्रेसको विधानमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने प्रावधान छ । १४ औं महाधिवेशनबाट १३४ जना निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?