+
+
Shares

माओवादी केन्द्रको निष्कर्ष : यथास्थितिमा एमसीसी पारित गर्नु हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १८:१८

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अहिलेकै अवस्थामा संसदबाट अनुमोदन गर्न नसकिने निष्कर्ष निकालेको छ । प्रज्ञा भवन कमलादीमा जारी आठौ महाधिवेशनको बन्दसत्रले यथास्थितिमा एमसीसी पारित गर्न नसिकने प्रस्ताव पारित गरेको हो।

‘एमसीसी परियोजनाका कतिपय प्रावधान नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र स्वतत्र अन्तराष्ट्रिय सम्बन्धमा प्रत्यक्ष प्रतिकूल रहेकाले यथास्थितिमा पारित गर्नु हुँदैन,’ हलद्धारा पारित प्रस्तावमा उल्लेख छ, ‘साथै संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल,राजनाीतिक शक्ति सरकारबीच राजनीतिक सहमति कायम गरेरमात्रै अघि बढ्न माग गर्दछ ।’

दलहरुबीचको विवादका कारण अघि बढ्न नसकेको एमसीसी परियोजनाबारे अहिले सत्ताधारी दलहरुबीच नै मत बाझिएको छ । माओवादी केन्द्रमै पनि एमसीसी यही अवस्थामा पारित गर्न गर्नुपर्ने र गर्न नहुने दुई धार छ ।

एमसीसीबारे चर्को मतभेद रहेको माओवादीको आठौं महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे नबुझी टिप्पणी गरिएको र थप अध्ययन गर्न आग्रह गरेका थिए ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दस्ताबेज प्रस्तुत गर्दै एमसीसी परिमार्जनसहित पारित गर्नुपर्ने बताएका थिए । प्रतिनिधिहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले एमसीसीलाई प्रतिवेदनमा उल्लेख भए अनुसार नै बुझ्न आग्रह गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?