+
+

फ्रान्समा भेटियो कोभिड-१९ को नयाँ भेरियन्ट

फ्रान्समा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ । फ्रान्सका वैज्ञानिकले केही समयअघि मार्सेलेस क्षेत्रमा कोभिड-१९ को नयाँ भेरियन्ट फेला पारेका हुन् । मेडिटेरानी इन्फेक्सन युनिभर्सिटी हस्पिटल इन्स्टिच्युट (आईएचयू) का अनुसन्धानकर्ताले पहिचान गरेको हुँदा नयाँ भेरियन्टको नाम समेत आईएचयू वा ‘बी. १६४०.२’ राखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १४:०८

२० पुस, काठमाडौं । फ्रान्समा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ । फ्रान्सका वैज्ञानिकले केही समयअघि मार्सेलेस क्षेत्रमा कोभिड-१९ को नयाँ भेरियन्ट फेला पारेका हुन् । मेडिटेरानी इन्फेक्सन युनिभर्सिटी हस्पिटल इन्स्टिच्युट (आईएचयू) का अनुसन्धानकर्ताले पहिचान गरेको हुँदा नयाँ भेरियन्टको नाम समेत आईएचयू वा ‘बी.१६४०.२’ राखिएको छ ।

हालसम्म १२ जनामा आईएचयू भेरियन्टको संक्रमण पुष्टि भएको र संक्रमितमध्ये कतिपयलाई अस्पताल भर्ना गरिएको एनजेडहेराल्ड डटकममा उल्लेख छ ।

समाचार अनुसार अफ्रिकी मुलुक क्यामरुनबाट भएको यात्रासँग आईएचयू भेरियन्ट जोडिएको विश्वास गरिएको छ । ४६ पटक म्युटेसन भइसकेको हुँदा यो भेरियन्टले कोभिड-१९ का विद्यमान खोप छल्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

आईएचयू भेरियन्ट ओमिक्रोन झैं तीव्र गतिले नफैलिएको पनि समाचारमा उल्लेख छ । हालसम्म फ्रान्समा बाहेक यो भेरियन्ट अन्यत्र फैलिएको छैन । तर बेलायतमा यो भेरियन्ट प्रवेश गरिसकेको भन्दै केही अपुष्ट दाबी समेत भइरहेका छन् ।

गत महिना अनलाइनमा पोष्ट गरिएको शोधपत्रमा आईएचयूबारे विस्तृत विवरण राखिएको छ । शोधपत्र अनुसार नोभेम्बरमा क्यामरुनबाट फर्केका एक पुरुषमा पहिलो पटक आईएचयू भेरियन्ट देखा परेको थियो । तर उक्त शोधपत्र हालसम्म कुनै मेडिकल जर्नलमा प्रकाशित गरिएको छैन ।

आईएचयू ओमिक्रोनभन्दा के-कति संक्रामक छ र खोपलाई छल्न सक्छ वा सक्दैन भनेर हालसम्म प्रस्ट भइसकेको छैन । विश्व स्वास्थ्य संगठनले समेत आईएचयू भेरियन्टलाई आफ्नो अनुसन्धानको दायरामा राखेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?