+
+

न्युजिल्याण्डलाई घरेलु मैदानमा हराएर बंगलादेशले रच्यो इतिहास

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १०:४९

२१ पुस, काठमाडौं । न्युजिल्याण्डविरुद्धको पहिलो टेष्ट क्रिकेट आठ विकेटले जितेर बंगलादेशले इतिहास रचेको छ । बंगलादेशले न्युजिल्याण्डविरुद्धको क्रिकेट खेल अहिलेसम्म जितेको थिएन ।

न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले १७ ओभरमा २ विकेट गुमाएर हासिल गर्‍यो ।

पहिलो पारीमा बंगलादेशले ४५८ रन बनाउँदा न्युजिल्याण्ड १३० रनले पछि परेको थियो । दोस्रो पारीमा पनि न्युजिल्याण्डले १६९ रन मात्र बनाउन सक्यो । उसका लागि विल यंगले ६९ रन बनाए ।

यो ऐतिहासिक जितको हिरो बंगलादेशका इबादत हुसेन बने । उनले ५६ रन खर्चिएर ६ विकेट झारे ।

घरेलु मैदानमा न्युजिल्याण्ड हारेको २०१७ पछि पहिलो पटक हो । २०१७ मा विलिंगटनमा न्युजिल्याण्डलाई दक्षिण अफ्रिकाले हराएको थियो ।

हालसम्म बंगलादेश देश बाहिर ६१ टेष्ट म्याच खेलेको छ । यो उसको छैटौं जित हो । यसअघि न्युजिल्याण्डसँग बंगलादेशले १५ टेष्ट म्याच खेलेको थियो । तीमध्ये १२ वटा खेलमा हारेको थियो भने तीनवटा ड्र भएका थिए ।

दुई वटा टेष्ट खेल खेल्न बंगलादेश हाल न्युजिल्याण्ड भ्रमणमा छ । टेष्ट श्रृंखलाको दोस्रो तथा अन्तिम खेल शनिबार क्राइस्टचर्चमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?