+
+

‘नेपाल मिडिया अवार्ड’को मनोनयन सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १३:०३

२१ पुस, काठमाडौं । यही पुस २४ गते आयोजना हुन लागेको ‘एलआईसी नेपाल मिडिया अवार्ड-२०७८’को मनोनयन सार्वजनिक गरिएको छ । काठमाडौंको सोल्टी होटलमा हुने समारोहमा कुल २० विधामा अवार्ड प्रदान गरिने ड्रिम हाई नेपालका निर्देशक कमल जीसीले जानकारी दिए ।

नेपाली सञ्चार क्षेत्रको योगदानको कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको जीसीले बताए । कार्यक्रममा वरिष्ठ टेलिभिजनकर्मी तथा कलाकार नीर शाह, वरिष्ठ पत्रकार भैरव रिसाल र किशोर नेपाललाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।

टेलिभिजन, छापा, रेडियो र अनलाइन सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिको आधारमा मनोनयन सार्वजनिक गरिएको जनाइएको छ ।

नेपाल मिडिया अवार्डको टप ५ मनोनयन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?