+
+

चीनमा पानीमुनि निर्मित सबैभन्दा लामो सुरुङ मार्ग सञ्चालनमा आयो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १४:२७

२१ पुस, काठमाडौं । झण्डै ४ वर्ष लगाएर पानीमुनि बनाइएको चीनको सबैभन्दा लामो सुरुङ मार्ग सञ्चालनमा आएको छ । पूर्वी प्रान्त जियाङसुस्थित ताइहु तालमुनि बनाइएको सुरुङ मार्ग सञ्चालनमा आएको हो ।

१०.७९ किलोमिटर लामो उक्त सुरुङ मार्ग चीनकै लामो सुरुङ मार्ग समेत हो । सन् २०१८ को जनवरी ९ देखि निर्माण थालिएको सो सुरुङ मार्ग सम्पन्न भएलगत्तै सवारी साधनका लागि खुला गरिएको सीएनएनले जनाएको छ ।

सडक मार्गको रुपमा प्रयोग गरिने ताइहु सुरुङ मार्ग बनाउन १ अर्ब ५६ करोड अमेरिकी डलर लागेको थियो । यो सुरुङ मार्ग गत डिसेम्बर ३० गतेदेखि सञ्चालनमा आएको चाङझोउ-वुक्सी सडक मार्गको एक खण्डको रुपमा रहेको छ । सुरुङ मार्ग प्रयोगमा आएसँगै शाङघाई र नानजिङबीच हुने यात्रा सहज हुने समाचारमा उल्लेख छ ।

सुरुङ मार्ग सञ्चालनमा आएपछि ताइहु ताल वरपरका शहरमा देखिएको सवारी साधनको चाप समेत कम हुने छ । त्यस्तै, याङ्ग्त्सी नदीको डेल्टा क्षेत्रमा अवस्थित शहरहरूको आर्थिक विकासमा पनि सुरुङ मार्गले योगदान गर्ने बताइएको छ ।

चीनको सरकारी समाचार माध्यम सिन्ह्वाका अनुसार ६ लेनको सुरुङ मार्गको चौडाइ १७. ४५ मिटर रहेको छ । यसबाहेक, सुरुङ मार्गको छत (सिलिङ) मा चालकलाई थकानको महसुस नहोस् भनेर रंगीन लेड लाइट जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?