+
+

ऋचाको ‘कौसीद’को टिजर : पिँजडामा खरायो बोकेर धुलो टकटक्याउँदै गरेका भोला

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १४:२४

२२ पुस, काठमाडौं । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा तयार भएको चलचित्र ‘कौसीद’को टिजर सार्वजनिक गरिएको छ । कोरोना महामारीको समयमा नै यो चलचित्रको छायांकन सकिएको थियो । चलचित्रको पोष्ट प्रोडक्सनको पनि काम सकिएको जानकारी निर्देशक कुमार भाष्करले जानकारी दिए ।

निर्देशक भास्करका अनुसार यो चलचित्र प्रदर्शनको लागि पनि तयार छ । यो चलचित्रको टिजरमा मुख्य कलाकार भोला सापकोटालाई मात्र देखाइएको छ । पिँजडामा खरायो बोकेर धुलो टकटक्याउँदै गरेका भोलाको गेटअप फरक छ । यो चलचित्रले ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइलाई पर्दामा उतारेको छ ।

‘कौसीद’को टिजरले पिँजडामा परेको खरायोको उन्मुक्ति र वित्तीय ऋणमा परेको मानिसको उन्मुक्तिको भाव बोकेको छ । यो चलचित्रमा भोलाराज सापकोटा, ऋचा शर्मा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भीक भट्टराई, सागर भट्टराई मुख्य भूमिकामा छन् । चलचित्रको निर्माता केदार भुसाल हुन् । चलचित्रमा कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सहनिर्माता लक्ष्मण बानियाँ रहेका छन् ।

निर्देशक भाष्करकै पटकथामा तयार भएको यो चलचित्रको कथा नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले लेखेका हुन् । निसाल पौडेलको छायांकन रहेको चलचित्रमा मित्र डी गुरुङ र भीम विश्वकर्माको सम्पादन छ ।

चलचित्रको प्रदर्शन मिति चाँडै सार्वजनिक गरिने निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?