+
+

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १४:५१
फाइल तस्वीर

२३ पुस, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरुको व्याजदर कुनै पनि हालतमा नबढ्ने बताएकी छन् ।

सहकारी सञ्चालकहरुले व्याजदर बढाउन सहकारी विभागलाई दबाव दिइरहेका बेला मन्त्री श्रेष्ठले सहकारी संस्थाहरुको व्याजदर अब नबढ्ने तर घट्न सक्ने बताएकी हुन् ।

‘सहकारी संस्थाहरुको व्याजदर बढ्छ तर घट्न जान्दै, यसकारण अहिले व्याजदर बढाउनु हुँदैन’ शुक्रबार सहकारी पत्रकार समाजको साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले भनिन्, ‘सहकारी कसका लागि चाहिएको हो, तिनिहरुको मर्म बुझेर व्याजदर तोक्नु पर्छ ।’

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङ बैंकिङ क्षेत्रमा तरलता अभाव भएको भन्दै व्याजदर बढाउनु पर्ने धारणा राखेका थिए ।

उता सहकारी विभागले नै सन्दर्भ व्याजदर बढाउने गृहकार्य स्वरुप अध्ययन समिति समेत बनाएको छ । हाल सन्दर्भ व्याजदर १४.७५ प्रतिशत तोकिएको छ । सहकारी संस्थाहरुले सन्दर्भ व्याजदरभन्दा बढी लिन पाउँदैनन् ।

विभागका रजिष्ट्रार झलकराम अधिकारीले केही दिन पहिले सन्दर्भ व्याजदर बढाउने तयारी स्वरुप यस विषयमा अध्ययन गर्न समिति बनाएका थिए ।

शुक्रबारको कार्यक्रममा रजिष्ट्रार अधिकारीलाई पनि निम्ता गरिएको थियो । तर उनी सहभागी भएनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?