+
+

इलेक्ट्रोनिक्स कन्जुमर शो २०२२ : यी हुन् सार्वजनिक भएका उल्लेख्य प्रडक्टहरू

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १३:५७

अमेरिकाको लस भेगासमा भएको विश्वको सबैभन्दा ठूलो कन्जुमर इलेक्ट्रोनिक्स शो (सिइएस २०२२) मा यो पटक अमेजन, फेसबुक, गुगल, इन्टेल, माइक्रोसफ्टलगायतका ठूला कम्पनीहरूले भौतिक रुपमा उपस्थिति जनाएनन् ।

कोरोना भाइरस महामारीको कारण एक दिन अगावै सकिएको प्रदर्शनीमा विश्वका अन्य विभिन्न कम्पनीहरूले उपस्थिति जनाएका छन् र इलेक्ट्रोनिक्स उपभोक्ताहरू बीच धेरै नयाँ तथा स्मार्ट प्रविधिहरू पेस गरेका छन् ।

सिइएस २०२२ मा पहिलोपटक कुनै भारतीय कम्पनीले सहभागिता जनायो । भारतीय कम्पनी ब्लुसेमीले आफ्नो पहिलो प्रडक्ट EYVA सार्वजनिक गर्यो । यो एक नन इन्भेसिम कन्जुमर हेल्थ ग्याजेट हो जसले केवल ६० सेकेण्डमै रक्तचाप, ब्लड सुगर तथा इसीजीसम्मको जाँच गर्दछ ।

सिइएसमा यो पटक केवल १० सेकेण्डमा दाँत सफा गर्ने ग्याजेटदेखि खाना डेलीभरी गर्ने रोबेाटसमेत सार्वजनिक भए । खाना डेलीभरी गर्ने रोबोट एलजी कम्पनीले बनाएको हो, जसमा थ्री डी क्यामरा सेन्सर लगाइएको छ ।

सिइएस २०२२ मा सार्वजनिक केही महत्वपूर्ण प्रविधिहरु यी हुन् :

LG CLOi ServeBot

यो एक आर्टिफिसियल इन्टेलिजेन्स रोबोट हो । यसमा चारवटा पांग्रा राखिएका छन् । यो रोबोटमा तीन वटा ड्रयर छन् जसमा सामान राखिन्छ । यो रोबोटमा सेल्फ ड्राइभिङको पनि सुविधा छ ।

एलजी कम्पनीको यो रोबोटले एक पटकमा १७ किलोग्राम सम्म सामान लिएर हिड्न सक्दछ । यसको प्रयोग होटल, अस्पताल तथा रिटेल आउटलेटमा हुनेछ ।

Prinker

यो इलेक्ट्रोनिक्स शो मा Prinker ले पनि धेरैको ध्यान आकषिर्त गर्यो । Prinker एक अस्थायी टाटु डिभाइस हो जसले केवल केही सेकेण्डमै शरीरको कुनै पनि हिस्सामा टाटु बनाउन सक्दछ । वास्तवमा यो एक मिनी पोर्टेबल टाटु डिभाइस हो । यसले स्मार्टफोनमा रहेका कुनै पनि तस्वीरलाई प्रयोगकर्ताको शरीरमा पि्रन्ट गर्न सक्दछ । यसको मूल्य २०० डलर तोकिएको छ ।

Y-Brush

इलेक्ट्रोनिक्स ब्रस तथा पहिलेदेखि नै बजारमा उपलब्ध छन् तर यो पटक सिइएस २०२२ मा सार्वजनिक भएको Y-Brush निकै फरक छ । यसले केवल १० सेकेण्डमै तपाईंको दाँतको पूर्ण रुपमा सरसफाइँ गर्दछ । यो ब्रस ४५ डिग्रीको एंगलमा दाँतको सफाइ गर्दछ ।

Samsung “reestyle

सामसुङले सिइएस २०२२ मा एक पोर्टेबल डिभाइस सार्वजनिक गर्‍यो जसको नाम सामसुङ फ्रिस्टाइल नाम दिइएको छ । यो ग्याजेटले प्रोजेक्टर देखि स्मार्ट स्पिकर र एम्बियन्ट लाइटिङ डिभाइससम्मको काम गर्दछ । यो ग्याजेटको वजन ८३० ग्राम छ । यसको सहयोगले तपाईंले कुनैपनि ठाउँलाई मूभि स्क्रिनमा बदल्न सक्नुहुन्छ । सामसुङको यो प्रोजेक्टर १८० डिग्रीसम्म घुम्न सक्दछ ।

योसँगै सिइएस २०२२ मा सार्वजनिक भएका प्रमुख प्रडक्टहरूमा Samsung Galaxy S21 “E, OnePlus 10 Pro, Vivo V23, TCL र Nokia का फोनहरू Sony A95K QD OLED4K TV तथा LG S95QR Soundbar लगायतका रहेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?