+
+

गभर्नर र अर्थसचिवलाई सांसद मोदीको प्रश्न- तपाईंहरुको ट्युनिङ मिलिरहेको छैन हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १४:४१

२५ पुस, काठमाडौं । सांसद अमनलाल मोदीले अर्थमन्त्रीलाई असफल बनाउन राज्यको संयन्त्र नै लागिरहेको भन्ने गुनासोबारे अर्थसचिव मधुकुमार मरासिनी र गभर्नर महाप्रसाद अधिकारीलाई प्रश्न गरेका छन् ।

आइतबार लेखा समितिमा आयोजित छलफलमा सांसद मोदीले अर्थसचिव मरासिनी र गभर्नर अधिकारीप्रति लक्षित गर्दै प्रश्न गरे, ‘तपाईंहरुको ट्युनिङ मिलिरहेको छैन हो ? ‘  माओवादीको नेता अर्थमन्त्री रहेको भन्दै उनलाई असफल देखाउन असहयोग हुने गरेको गुनासो सुनिने सन्दर्भ निकाल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

उनले विलासिताका सामानको उपयोग घटाउने हो भने सरकारी अधिकारीबाटै शुरुआत गर्न सुझाव दिए ।

‘गभर्नरले किन महँगो गाडी चढ्नु पर्छ ? मन्त्री, प्रधानमन्त्रीबाटै खर्च घटाउन शुरु गरे हुँदैन ?’ उनले भने । उनले अन्य मन्त्रालयले बजेट खर्च गरेनन् भनेर नियामक निकाय उम्कन नमिल्ने बताए । अर्कोतर्फ बजेट खर्च गर्दा आर्थिक पारदर्शितामा भने सम्झौता नगर्न उनको सुझाव थियो ।

बैंकहरुले पहुँचवालालाई मात्र ऋण दिने गरेको गुनासो आइरहेको भन्दै तरलता अभावको बेला पनि पहुँचवालाले सजिलै ऋण पाउने र पहुँच नहुनेले नपाउने अवस्था बारे गम्भीर हुन उनले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?