+
+
एमाले जिल्ला अधिवेशन :

कर्णालीका ४ जिल्लामा नेतृत्व टुंगियो, सुर्खेतको अध्यक्षमा बिसी र शर्मा भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १३:०६

२६ पुस, सुर्खेत । कर्णाली प्रदेशका चार जिल्लामा नेकपा (एमाले)को नयाँ नेतृत्व चयन भएको छ । आठौं जिल्ला अधिवेशनअन्तर्गत प्रदशेका १० जिल्लामध्ये हालसम्म सल्यान, डोल्पा, जुम्ला र रुकुम पश्चिममा मुख्य पदमा नेतृत्व चयन भएको हो ।

अधिवेशन चलिरहेका बाँकी चार जिल्लामध्ये सुर्खेतमा निर्वाचनबाट नेतृत्व चयन हुने भएको छ । दैलेख र जाजरकोटमा पनि निर्वाचन हुने संकेत देखिएको एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए ।

उनका अनुसार डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा, सल्यानमा गोविन्दकुमार पुन, जुम्लामा शान्तिलाल महत र रुकुम पश्चिममा नन्दराम देवकोटा चयन भएका छन् । यी जिल्लाहरूमा सर्वसम्मत अध्यक्ष चयन भएको उनले बताए ।

दैलेख र जाजरकोटमा पनि निर्वाचन हुने भएको छ । ‘यी दुइवटै जिल्लामा मनोनयन दर्ताको काम भइरहेको छ । मनोनयन फिर्ता लिने समयसम्म पनि हामी सर्वसम्मतिको प्रयासमा छौं,’ एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले भने ।

उनका अनुसार कालीकोटमा भने शनिबारबाट मात्र अधिवेशन सुरु भएकोले नेतृत्व चयनमा केही समय लाग्ने भएको छ ।

कर्णालीका आठ जिल्लामा मात्र जिल्ला अधिवेशन भएको छ भने बाँकी रहेका दुई जिल्ला मुगुमा पुस २७ गते र हुम्लामा माघ २३ गते अधिवेशन हुने भएको छ ।

सुर्खेतको अध्यक्षमा बिसी र शर्मा भिड्दै

प्रदेश राजधानीको ज्ािल्ला सुर्खेतको नेतृत्व चयनका लागि आज दिउँसो १ बजेबाट निर्वाचन हुँदैछ । सर्वसम्मतिको प्रयास गरिएपनि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागिएको निर्वाचन समितिका सदस्य गंगराम तिमिल्सेनाले जानकारी दिए ।

उनका अनुसार जिल्ला नेतृत्वका लागि नेताहरू अमृत बिसी र डण्डिप्रसाद शर्माबीच प्रतिस्पर्धा हुने भएको छ । चुनावी प्रतिस्पर्धाका लागि दुवैजनाले आ-आˆनो प्यानलसहित उम्मेदवारी दिएका छन् ।

बिसीको प्यानलबाट उपाध्यक्षमा कुलमणि देवकोटा उम्मेदवार बनेका छन् । सातौं जिल्ला अधिवेशनमा बिसीसँगै उपाध्यक्षमा पराजित भएका उनी यसपटक भने बिसीकै प्यानलबाट उपाध्यक्षको उम्मेदवार बनेका हुन् ।

बिसी प्यानबाट सचिवमा कवीन्ऽकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली उम्मेदवार बनेका छन् ।

शर्मा प्यानलबाट उपाध्यक्षमा ऋषि गिरी र सचिवमा रेशम राना मगर छन् । उपसचिवमा नेत्रलाल महतारा र टीकाराम सुवेदी उम्मेदवार बनेका छन् । पाँच सदस्यीय पदाधिकारीमा १० जनाको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ ।

आठौं जिल्ला अधिवेशनसम्म आइपुग्दा एमाले सुर्खेतभित्रको समूह समीकरण फेरबदल भएको छ । अध्यक्ष पदका उम्मेदवारद्धय बिसी र शर्मा सातौं अधिवेशनमा एकै समूहमा थिए । दुवै जना अध्यक्ष ” ध्रुवकुमार शाहीको प्यानलबाट उपाध्यक्ष र जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए । तर आठौं अधिवेशनसम्म आइपुग्दा दुई अलग समूहबाट एकै पदमा एकअर्काको प्रतिस्पर्धी बनेका छन् ।

विगतमा केन्द्रमा जस्तै जिल्लामा पनि केपी शर्मा ओली र माधवकुमार नेपाल समूह थिए । तर पार्टी विभाजनपछि भने विगतको माधव समूह एक ठाउँमा रहेन, तितरवितर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?