+
+

काठमाडौंका सीडीओ रिजाललाई कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते २०:३६
गोविन्द रिजाल, प्रमुख जिल्ला अधिकारी, काठमाडौं

२६ पुस, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रजिअ रिजाललाई आज लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएको पारिवारिक स्रोतले जनायो । ‘सन्चो छैन भन्दै हुनुहुन्थ्यो, तर आज पनि अफिस जानु भएको थियो,’ स्रोतले भन्यो, ‘आजै उहाँको रिपोर्ट पोजेटिभ आएको छ ।’ प्रजिअ रिजाललाई मोबाइलमा फोन गर्दा उनको फोन भने उठेन ।

रिजाललाई संक्रमण पुष्टि भएसँगै उनीसँग केही दिनअघि सम्पर्कमा रहेका ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु र कार्यालयका कर्मचारीहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

काठमाडौं उपत्यकासहित देशभर केही दिनयता कोरोना संक्रमण दर बढेको छ । संक्रमण बढेपछि शिक्षा मन्त्रालयले देशभरका विद्यालयहरु पुस २७ गतेदेखि माघ १५ गतेसम्म विदा गर्ने निर्णय गरेको छ । साथै कोरोना खोप लगाएकाहरुलाई मात्रै सार्वजनिक स्थानमा प्रवेश दिन सीसीएमसीले सिफारिस गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?