+
+
Shares

लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १३:०९
लता मंगेशकर । फाइल तस्वीर

२७ पुस, काठमाडौं । वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ रिपोर्ट आएसँगै उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।

मुम्बईको क्याण्डी अस्पतालमा उपचाररत् लतालाई कोरोनाको सामान्य लक्षण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चिकित्सकहरुका अनुसार ९२ वर्षीया लतालाई उमेरसम्बन्धी समस्या पनि भएकाले त्यसको उपचारका लागि अस्पतालमा भर्ना गरिएको हो ।

यसअघि सन् २०१९ मा श्वासप्रश्वासमा समस्या आउँदा लतालाई अस्पताल भर्ना गरिएको थियो ।

लता अस्पतालमा भर्ना भएसँगै प्रशंसक तथा शुभचिन्तकहरुले उनको स्वास्थ्यलाभको कामना गर्दै प्रार्थना गरिरहेका छन् । आफ्नो सात दशकको सांगीतिक करिअरमा उनले विभिन्न भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् ।

भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर शुरु भएसँगै सेलिब्रटीहरु पनि संक्रमित भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?