
२७ पुस, काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
मंगलबार दिउँसो समर्थकहरु सहित सिंहदरबारको मूलगेट अगाडि पुगेका उनले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेका हुन् । उनले माल्यार्पण गरिरहँदा उनका समर्थकहरुले ‘गणतन्त्र मूर्दावाद’ को नारा लगाएका थिए ।
राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका उनीहरुले ‘हाम्रो राजा हाम्रो देश, चाहियो चाहियो राजा चाहियो, गणतन्त्र मूर्दावाद, यो व्यवस्था चाहिंदैन’ लगायत गणतन्त्र विरोधी नारा लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4