+
+

मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गर्न सात विद्यार्थी संगठनको माग

चिकित्सा शिक्षा अध्यापन गराउने तीन कलेजले मापदण्डविपरीत बढी शुल्क लिएकोप्रति आपत्ति जनाउँदै विभिन्न सात विद्यार्थी संगठनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १५:५४

२७ पुस, काठमाडौं । चिकित्सा शिक्षा अध्यापन गराउने तीन कलेजले मापदण्डविपरीत बढी शुल्क लिएकोप्रति आपत्ति जनाउँदै विभिन्न सात विद्यार्थी संगठनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले बढी शुल्क लिएको र नोवेल मेडिकल कलेजले धम्कीपूर्ण शैलीमा शुल्क असुलेको भन्दै उनीहरूले संयुक्तरूपमा विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन् ।

सात विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कलेज सञ्चालकलाज्ञ तत्काल पक्राउ गरी कानूनी कारवाही गर्न । कलेजमाथि छानबिन गर्न र विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति दिलाउने ।’

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा सुरक्षा गार्डको भेषमा कलेजले गुण्डा राखी विद्यार्थीमाथि ढुङ‍गामुढा गरेको आरोपसमेत लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?