
२७ पुस, जनकपुरधाम । धनुषामा प्रहरीले चाँदीका गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका-५ बाट सुनसरीको इटहरी उपमहानगरपालिका-५ शिवालय टोलका ३० बर्षीय कुमार खातीलाई चाँदीको विभिन्न गहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रदेश नं. १–०२–०४५ प ८२७ नम्बरको मोटरसाइकलमा सवार खातीको साथबाट ९ किलो ७ सय ६७ ग्राम चाँदीको गहना र नगद १ लाख १२ हजार ६ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार बरामद भएको चाँदीको गहनाको बजार मूल्य ७ लाख ८३ हजार २ सय ९८ रुपैयाँ छ ।
पक्राउ परेका खातीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधामको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4