+
+

क्रिकेट एक्सेलेन्स सेन्टरलाई पल्सरको साथ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते १८:३८

२८ पुस, काठमाडौं । क्रिकेट एक्सिलेन्स सेन्टरलाई बजाज मोटरसाइकलको पल्सरले प्रायोजन गरेको छ । नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि र एक्सिलेन्स सेन्टरबीच बुधबार सझौता पत्रमा हस्ताक्षर भएको छ ।

यसपछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भइ पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ ।

हस्ताक्षर समारोहमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘क्रिकेट एक्सेलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा हामी अत्यन्त खुसी छौं। बजाज पल्सरलाई नेपाली युवाहरूले सधैं माया गर्नुभएको छ र पछिल्ला वर्षहरूमा क्रिकेट नेपाली युवाहरूको प्यासन बनेको छ।

तत्कालीन कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । बजाज पल्सरले नेपालमा खेलकुदलाई सधैं प्रवर्द्धन गर्दै आइरहेको छ र यो सहकार्यले पक्कै पनि देशभरबाट थप गुणस्तरीय क्रिकेटरहरू उत्पादन गर्न मद्दत गर्नेछ। बजाज पल्सर नेपालमा खेलकुदको विकासका लागि सदैव प्रतिबद्ध छ र रहिरहनेछ ।’

त्यस्तै, पूर्वकप्तान पारस खड्काले भने, ‘बजाज पल्सरसँग आबद्ध हुन पाउँदा हामी निकै खुसी छौँ र नेपाली खेलकुदलाई क्रिकेटमा मात्र नभई लगभग सबै खेलकुदमा सहयोग गरेकोमा हृदयदेखि नै आभारी छौँ । यो सहकार्य सदैव रहिरहनेछ भन्ने अपेक्षा गर्दछौँ ।’

क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो, जसले घरेलु खेलाडीहरू विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरको लागि मार्गदर्शन गर्ने लक्ष्य राखेको छ ।

गुणस्तरीय क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञहरूबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ पूर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?