
२८ पुस, दाङ । दाङमा नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (सई) हुँ भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका – १५ मालपोत कार्यालय नजिकैबाट स्थानीय रामबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले बताए ।
आफूलाई सीआईबीको सई भएको बताउँदै घोराहीको एक बस्त्रालयबाट १४ हजार रुपैयाँको कम्मल लगी ठगी गरेको जाहेरी परेपछि पक्राउ गरिएको एसपी काफ्लेले जानकारी दिए । पक्राउ परेका बस्नेतलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4