+
+

अछामको जिल्ला अध्यक्षमा भीम रावल पक्षका उम्मेदवार पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते २०:५४

२८ पुस, धनगढी । नेकपा एमाले अछामको अध्यक्षमा संस्थापन पक्षका उम्मेदवार चन्द्र बोहरा विजयी भएका छन् ।

नेता भीम रावल पक्षका उम्मेदवार प्रकाशबहादुर शाहलाई पराजित गर्दै बोहरा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिकाअनुसार बोहराले ४३१ मत पाए भने शाहले ३०७ मत पाएका छन् । उपाध्यक्षमा भने रावल पक्षका बलबहादुर कुँवर विजयी भएका छन् ।

उनले तीन सय ८६ मत पाउँदा संस्थापन पक्षका उम्मेदवार भीमबहादुर विष्टले ३५७ मत ल्याएका छन् । सचिवमा भने रावल पक्षकै भीमबहादुर रावल ४५३ मत ल्याएर विजयी भए ।

उपसचिवमा संस्थापन पक्षका डम्बर बिसी २६० र रावल पक्षका प्रेमबहादुर महर २५२ मत ल्याएर विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?