+
+

एमालेको कञ्चनपुर जिल्ला अध्यक्षमा मेयर विष्ट प्यानलसहित निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते २१:४१

२८ पुस,धनगढी । नेकपा एमालेको कञ्चनपुर जिल्ला अध्यक्षमा सुरेन्द्र बिष्ट प्यानलसहित निर्वाचित भएका छन् । निर्वतमान अध्यक्ष समेत रहेका एकता प्रक्रियाबाट आएका वीरबहादुर थापालाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

विष्ट कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयरसमेत हुन् । कुल ४७० मत खसेकाेमा बिष्टले २८१ र थापाले १८३ मत पाएकाे निर्वाचन समितिले जनाएको छ ।

उपाध्यक्षमा बिष्ट प्यानलका लक्ष्मी बुढा २५४ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी महेशप्रसाद पन्तले २०५ मत ल्याए ।

सचिवमा २३३ मतसहित पल्लबराज भट्ट विजयी भए । उनका प्रतिद्वन्द्वी अशोक चन्दले २२६ मत पाए । उपसचिवमा कर्णबहादुर चन्द ३४७ र फैरु तामाङ २९६ मत ल्याएर विजयी भएकाे निर्वाचन समितिले जनाएको छ ।

कञ्चनपुरमा नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतिकाे प्रयास असफल भएपछि मंगलबार मतदान भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?