+
+

राष्ट्रिय बास्केटबल लिग घोषणा, हरेक टिमले दुई विदेशी खेलाडी राख्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १२:४२

२९ पुस, काठमाडौं । टर्नपाइक इभेन्ट प्रालि र नेपाल बास्केटबल संघको साझेदारीमा हुन ‘राष्ट्रिय बास्केटबल लिग’ को घोषणा भएको छ ।

पहिलो पटक नेपालमा बास्केटबलको फ्रेन्चाईज लिग हुन लागेको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । राष्ट्रिय बास्केटबल लिगमा ८ क्लबहरूको सहभागिता जनाउनेछन् । ८ क्लबहरूलाई टर्नपाइक इभेन्टले लाइसेन्स दिनेछ । कोरोनाका कारण मिति भने पछि टुङ्ग्याइने आयोजकले जनाएको छ ।

लिगमा खेल्ने क्लबहरूलाई काठमाडौ, ललितपुर, कीर्तिपुर, पोखरा, भक्तपुर, धरान, विराटनगर, चितवन र बुटवल/धनगढीका शहरहरूलाई प्रतिनिधत्व गर्ने गरी
विभाजन गरिएको आयोजकले जनाएको छ ।

हरेक क्लबमा ख नेपाल मूलका १० खेलाडी हुनेछन् भने अन्तर्राष्ट्रिय खेलाडी २ जना हुनेछन् । यस्तै मुख्य प्रशिक्षक १, साहायक प्रशिक्षक १ फिजियो १ र क्लब म्यानेजर एकजना हुनेछन् । लिगको खेलहरू दशरथ रङ्गशालास्थित बहुधेश्यीय कर्भडहलमा हुनेछन् ।

टर्नपाइक इभेन्टको अधिनमा रहेको राष्ट्रिय बास्केटबल लिग को ८ फ्रेन्चाइज क्लबहरूको संरचना गरिएको घोषणा गरिने टर्नपाइकले जनाएको छ । यस लिगका क्लवहरूसँग लिइने लाईसेन्स फिबापतको रकमको ४० प्रतिशत टर्नपाइकले नेपाल बास्केटबल संघलाई बुझाउनेछ ।

नेपाल बास्केटबल संघले राष्ट्रिय बास्केटबल लिग लाइ आफ्नो उच्च श्रेणीको लिगको संज्ञा दिइनेछ । राष्ट्रिय बास्केटवल लिगको खेल सञ्चालनका प्राविधिक पक्षको जिम्मा नेपाल बास्केटवल संघले लिएको छ ।

नेपाल बास्केटबल संघले यस लिगलाई मध्यनजर गर्दै पेशेवर खेलाडी र प्रशिक्षकको दर्ता गर्नेछ । खेलाडीहरूलाई दुई तहमा विभाजन गरी दर्ता गर्नेछ । क वर्ग र ख वर्गमा विभाजन गरिनेछ ।

राष्ट्रिय बास्केटबल लिगको खेलाडीको खेलहरूको मुल्यालङ्न गरी नयाँ राष्ट्रिय बास्केटबल टोलीको पनि छनौट गरिने संघले जनाएको छ । यस लिगलाई नेपालको बास्केटबल जगतको उच्चस्तरीय लिगको मान्यता नेपाल बास्केटबल संघले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?