+
+

कैलालीमा पनि घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १३:३६

२९ पुस, धनगढी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि कैलालीमा पनि घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्ने भएको छ ।

कैलाली प्रशासनले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बुधबार राति १२ बजेदेखि लागू हुने गरी घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा अनिवार्य मास्क लगाउन निर्देशन दिएको हो ।

स्थानीय प्रशासनले काठमाडौं उपत्काको तीनै जिल्लामा घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा अनिवार्य मास्क लगाउनुपर्ने आदेश जारी गरिसकेको छ ।

२५ जनाभन्दा बढी मानिस उपस्थित भएर भीडभाड गर्न रोक लगाइएको छ भने सार्वजनिक स्थानमा जाँदा अनिवार्य रुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुु पर्नेछ ।

हेर्नुहोस प्रशासनको आदेशः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?