+
+

‘महाधिवेशन प्रतिनिधिको भावनालाई कदर गर्दै देउवालाई सघाएको हुँ’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १५:२७

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशन प्रतिनिधिहरुको भावनाको कदर गर्दै आफूले सभापतिमा शेरबहादुर देउवालाई सघाएको बताएका छन् । उनले आफू नेतृत्व परिवर्तनका पक्षमा भएपनि महाधिवेशन प्रतिनिधिहरु पुरानै नेतृत्वको पक्षमा देखिएपछि आफूले देउवालाई सघाएको प्रष्ट पारे ।

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा पूर्वमहामन्त्री सिंहले भने, ‘म शुरुदेखि नै पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने पक्षमा थिएँ । त्यही एजेण्डा बोकेर प्रतिस्पर्धामा उत्रिएको हुँ । तर पहिलो चरणमा पुरानै नेतृत्वले नै सबैभन्दा बढी मत पाएपछि मतदाताको म्यान्डेडअनुसार शेरबहादुरजीलाई सहयोग गरेको हुँ ।’

कांग्रेसको १४ औं महाधिवेशनमा नेता सिंहले सभापति पदमा प्रतिस्पर्धा गरेका थिए । सभापतिमा देउवा, पूर्व उपसभापति विमलेन्द्र निधि, नेता सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र कल्याण गुरुङ उम्मेदवार थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणको मतदानबाट देउवा कांग्रेस सभापतिमा निर्वाचित भएका थिए । दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो । देउवालाई बहुमत पाउन ८२ मत पुगेन ।

नेता सिंहले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई समर्थन गर्दा आफूविरुद्ध अर्काे पक्ष उत्रिएको बताए । नेतृत्व परिवर्तन र पार्टी विधिसम्मत चल्नुपर्छ भन्ने आफ्नो एजेण्डाका पक्षमा मत नआएकोमा उनले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?