+
+

चेलिबेटी बेचबिखनको कथामा हरिवंश र स्वस्तिमाको ‘कर्कलो कोक्याउला’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १७:१९

२९ पुस, काठमाडौं । अभिनेता, गायक तथा निर्देशक हरिवंश आचार्यले पछिल्लो समय सार्वजनिक गरेका अधिकांश गीतमा सामाजिक कथा समेटिएका छन् । हरिवंशले मानिसको जीवनसँग जोडिएका गीतदेखि समाजमा चेतना जगाउने गीतलाई प्राथमिकतामा राखेको देख्न सकिन्छ ।

यसैबीच, हरिवंशको नयाँ गीत ‘कर्कलो कोक्याउला’को भिडियो बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । यो गीतले चेलिबेटी बेचबिखनको कथा भन्दै उनीहरुलाई सजग गराउने काम गरेको छ । चेलिबेटीलाई दलालले कसरी झुक्याउँछन् र विदेशमा लगेर बेच्न खोज्छन् भन्ने भावमा यो गीत बनेको छ ।

गीतमा हरिवंशकै शब्द तथा संगीत छ भने गायनलाई उनलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् । किरण तुलाधरको एरेञ्ज रहेको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ छ ।

यो गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् । उनले भिडियोमा स्कुल टप गरेर कलेज पढ्न जाँदै गरेकी एक युवतीलाई कसरी दलालले फसाउँछन् भन्ने देखाएका छन् । भिडियोमा कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का र महेश त्रिपाठीको अभिनय रहेको छ । भिडियोमा नविन लम्साल र घनश्याम पाण्डेले पनि साथ दिएका छन् । गीति नाटक शैलीमा तयार पारिएको गीतको भिडियोलाई सुशील सापकोटाले खिचेका हुन् ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै हरिवंश आचार्यले चेलिबेटी बेचबिखन विरुद्धमा जागरुकता जगाउन यो गीतले समुन्द्रमा एक थोपा भएपनि पानी हाल्न प्रयास गर्ने विश्वास व्यक्त गरे । अभिनेत्री स्वस्तिमा खड्काले यस्ता गीतका भिडियोमा काम गर्ने सपना हरेक कलाकारको हुने बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?