+
+

रेमिट्यान्स घट्ने क्रम रोकिएन, ५ महिनामा ३८८ अर्बमात्रै भित्रियो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १७:३४

२९ पुस, काठमाडौं । विदेशबाट भित्रिने रेमिट्यान्स पाँच महिना यता निरन्तर घटिरहेको छ । चालु आर्थिक वर्षको शुरुआती महिनादेखि नै घट्ने क्रममा देखिएको रेमिट्यान्स आप्रवाह पाँचौ महिनामा आइपुग्दा पनि घट्ने क्रम जारी देखिएको छ ।

कात्तिक महिनासम्म रेमिट्यान्स आप्रवाह ६.८ प्रतिशतले घटेर ३ खर्ब ८८ अर्ब ५८ करोड कायम भएको छ । अघिल्लो वर्षको कात्तिक मसान्तसम्मको अवधिमा रेमिट्यान्स आप्रवाह ११.० प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमि आई ३ अर्ब २६ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १ लाख ३१ हजार ८२ पुगेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?