
३० पुस, काठमाडौं । भारत पश्चिम बंगालको जलपाइगुडी जिल्लामा रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन् ।
गुवाहटी–बिकानेर एक्सप्रेसको रेल बिहीबार साँझ दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको केन्द्रीय मन्त्री जोन बालरालाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।
घाइतेहरुको बिभिन्न अस्पतालहरुमा उपचार जारी छ । सकुशल रहेका अन्य यात्रुहरुलाई अर्को रेलको व्यवस्था गरी गुवाहटी पठाइएको छ ।
रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । घटनाको उच्चस्तरीय जाँच सुरु गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4