News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि भारतले बिहीबार साँझ २१.५ टन सामग्रीसहित थप दुई सी–१३० जे विमान पठाएको छ।
- भारतले वैज्ञानिक परीक्षण किट र औषधि लगायतको छैटौं खेप सहयोग पठाएको हो।
- नेपालमा उद्धार र राहत कार्य जारी छ, र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव बाढी प्रभावित क्षेत्रमा पुगेका थिए।
१८ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले छैटौं खेपको सहयोग पठाएको छ ।
बिहीबार साँझ भारतले वैज्ञानिक परीक्षण (फोरेन्सिक) किट र औषधि लगायत २१.५ टन राहत सामग्री बोकेका थप दुईवटा विमान (सी–१३० जे) पठाएको हो ।
उद्धार तथा खोजीका लागि विशेष उपकरणसहितको उद्धार टोलीसहित यसअघि पाँच लट सामग्री भारतले पठाइसकेको छ ।
नेपालमा हाल उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको छ ।
भारतसहित विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूले प्रभावित क्षेत्रका लागि सहयोग उपलब्ध गराइरहेका छन् ।
नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव आज आफैं बाढी प्रभावित क्षेत्रमा पनि पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4