News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले बाढी प्रभावित क्षेत्रमा आवतजावत सुचारु गर्न भारत र चीनलाई ४२ वटा बेलिब्रिज तत्काल बनाइदिन माग गरेको छ।
- परराष्ट्र मन्त्रालयका अनुसार विपत् प्राधिकरणको आवश्यकताअनुसार विदेशी सहयोग लिने व्यवस्था मिलाइएको छ।
- रसुवा, नुवाकोट र धादिङमा बाढीले धेरै पुल भत्काएपछि दुईतर्फी आवतजावत बन्द भएको छ।
१२ भदौ, काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रको आवत जावत सुचारु गर्नका लागि भारत र चीनलाई तत्काल ४२ वटा बेलिब्रिज बनाइदिन माग गरेको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुवै देशलाई नेपाललाई तत्काल आवश्यक पर्ने बेलिब्रिजको संख्या उल्लेख गर्दै सहयोगको अनुरोध गरिएको छ ।
अहिले विदेशी दिने सहयोगलाई विपत् प्राधिकरणको माग अनुसार लिने व्यवस्था मिलाइएको छ । प्राधिकरणले तत्काल आवतजावत सुचारु गर्न ४२ वटा पुलको आवश्यकता पर्ने आंकलन गरेपछि सरकारले दुवै देशलाई अनुरोध गरेको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्त रणधीर जैसवालले बिहीबारै नियमित पत्रकार सम्मेलनमा नेपाललाई आवश्यक परेको बेलामा बेलिब्रिज लगायतमा सहयोग गर्ने बताएका थिए ।
रसुवा, नुवाकोट र धादिङमा बाढीले अधिकांस पुलहरू भत्काएको छ । त्यसका कारण मानिसहरू दुईतर्फी आवत जावत नै बन्द भएको छ ।
प्रतिक्रिया 4