News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ९७७ जना सम्पर्कविहीन छन्।
- नेपाल प्रहरीले हालसम्म १ हजार ४७३ जनाको उद्धार गरिएको जानकारी दिएको छ।
१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार बुधबारको बाढीका कारण ५४७ शव फेला परेको हो।
रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपुरमा १३४, नवलपरासीमा २८, तनहुँमा २९ र सबैभन्दा बढी २२१ शव चितवनमा भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणका अनुसार ९७७ जना सम्पर्क विहिन छन् । प्रहरीका २८, सेनाका ४५, शसस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४, रसुवा र नुवाकोटबाट १६२ जना सम्पर्क विहिन भएको प्राधीकरणले जानकारी गराएको छ ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार हालसम्म १ हजार ४७३ जनाको उद्धार गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4