+
+
Shares

रसुवा बाढी ७०६ जना विदेशी नागरिकको उद्धार

रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीमा फसेकामध्ये ७०६ जना विदेशी नागरिकको उद्धार गरिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १५:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीमा फसेकामध्ये ७०६ जना विदेशी नागरिकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
  • आज दिउँसो ३ बजेसम्म टिमुरे, स्याफ्रुबेँसी र मैलुङलगायतबाट २९ भारतीय, ४ जर्मन, ४ चिनियाँ, १ ओमान र २ कोरियन उद्धार गरिएको छ।
  • प्रभावित जिल्लामा राहत र उद्धारका लागि करिब ४ हजार ५ सयभन्दा बढी सेना खटिएको बताइएको छ।

१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीमा फसेकामध्ये ७०६ जना विदेशी नागरिकको उद्धार गरिएको छ।

उनीहरूको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। आज दिउँसो ३ बजेसम्म टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका इलाकाहरुबाट ४० जना विदेशी नागरिक (२९ भारतीय, ४ जर्मन, ४ चिनिया, १ ओमान, २ कोरियन) सहित ७०६ जनाको उद्धार गरिएको छ।

साथै, प्रभावित जिल्लाहरुमा राहत र उद्धारका लागि करिब ४ हजार ५ सयभन्दा बढी सेना खटिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?