News Summary
Generated by OK AI. Editorially reviewed.- चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक ब्यूरो बैठकले केरुङ बाढीबाट प्रभावित क्षेत्रमा नेपाललाई पनि आपत्कालीन सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
- राष्ट्रपति सि जिनपिङको अध्यक्षतामा बसेको बैठकले विनाशकारी पहिरोपछि जारी उद्धार र राहत कार्यबारे छलफल गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिएको छ।
- बैठकले बेपत्ता चिनियाँ र विदेशी नागरिकको खोजी तथा उद्धारका लागि वैज्ञानिक योजना र प्रभावकारी समन्वय गर्न सबै निकायलाई निर्देशन दिएको छ।
१२ भदौ, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको छ ।
राष्ट्रपति सि जिनपिङको अध्यक्षतामा आज बसेको सीपीसीको राजनीतिक ब्यूरोको बैठकले केरुङ क्षेत्रमा आएको बाढीको विश्लषेण गर्दै त्यसक्रममा नेपाललाई पनि सहयोग गर्ने निर्णय गरेको सिन्ह्वाले जनाएको छ ।
राष्ट्रपति सीको अध्यक्षतामा आज बसेको बैठकमा उनले विनाशकारी पहिरोपछि जारी उद्धार तथा राहत कार्यबारे छलफल गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिए ।
बैठकको सुरुवातमा चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सी चिनफिङ र अन्य नेताहरूले बुधबार ग्यिरोङको सीमा नाकामा गएको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए।
‘पार्टी केन्द्रीय समितिको सशक्त नेतृत्वमा आपत्कालीन उद्धार कार्य तीव्र, व्यवस्थित र प्रभावकारी समन्वयका साथ अघि बढाइएको छ। प्रभावित मानिसहरूको पुनर्स्थापना तथा विपत्तिपछिको व्यवस्थापनका लागि पनि व्यापक प्रयास भइरहेको छ’ सिन्हवाले लेखेको समाचारमा छ ।
यो विपत्ति अत्यधिक चिसो हिमाली क्षेत्रमा भएको, जहाँ भिराला उपत्यका, परिवर्तनशील मौसम, आसपासका धेरै हिमनदी तथा हिमतालहरू र सम्भावित भौगर्भिक जोखिमहरू रहेका उल्लेख गर्दै यो अवस्थाले आपत्कालीन उद्धार कार्यमा ठूलो चुनौती सिर्जना गरेको बैठकले जनाएको छ।
बैठकले सम्बन्धित सबै निकाय तथा विभागहरूले उद्धारसम्बन्धी काममा दृढ र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ।
खोज तथा उद्धारका योजना वैज्ञानिक ढंगले तयार पार्नुपर्ने र बेपत्ता भएका सबै चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारका लागि हरसम्भव प्रयास गर्नुपर्नेमा बैठकले जोड दिएको छ।
प्रतिक्रिया 4