News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी नदीको विनाशकारी बाढीबाट उद्धार गरिएका घाइतेको उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा आउनेको संख्या ४८ पुगेको छ।
- अस्पतालको शुक्रबार दिउँसो ४ बजेसम्मको विवरणअनुसार ४८ मध्ये २७ जना उपचाररत, २१ जना डिस्चार्ज र एक जनाको मृत्यु भएको छ।
- उपचाररत बिरामीमध्ये ६ जना आईसीयू र एक जना भेन्टिलेटरमा छन्।
१२ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उद्धार गरिएका घाइतेको उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा आउनेको संख्या ४८ पुगेको छ ।
अस्पतालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, शुक्रबार दिउँसो ४ बजेसम्म अस्पतालमा बाढीबाट प्रभावित ४८ जनामा २७ जना उपचाररत छन् ।
तीमध्ये २१ जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
उपचाररत बिरामीमध्ये पछिल्लो विवरणमा ६ जना आईसीयू र एक जना भेन्टिलेटरमा रहेको अस्पतालले बताएको छ ।
हाल अस्पतालमा ५ वर्षको बालकदेखि ५० वर्ष उमेर समूहका घाइते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4