+
+
Shares

चिनियाँ दूतावासले भन्यो- बाढीको जोखिम कायमै छ, निगरानी गर्दैछाैं

नेपालस्थित चिनियाँ दूतावासले नेपाल–चीन सिमानामा हिमपहिरोपछि सिर्जित जोखिम अझै कायम रहेको बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालस्थित चिनियाँ दूतावासले नेपाल–चीन सिमानामा हिमपहिरोले बनेको तालमा पानीको सतह उच्च रहेकाले थप क्षतिको जोखिम कायम रहेको बताएको छ।
  • दूतावासले पहिरोले बनेको तालभन्दा तलका स्थानीयलाई पानीको सतहको परिवर्तन नजिकबाट निगरानी गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
  • चीन र नेपालका सम्बन्धित निकायहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेको र सर्वसाधारणलाई आधिकारिक सूचनामात्रै अनुसरण गर्न आग्रह गरिएको छ।

१२ भदौ, काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाल–चीन सिमानामा हिमपहिरोपछि सिर्जित जोखिम अझै कायम रहेको बताएको छ । शुक्रबार चिनियाँ दूतावासका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै दुई देशका अधिकारीहरू जोखिमको निरन्तर निगरानीमा रहेको बताएका छन् ।

‘हालैका दिनमा चीन–नेपाल सीमा नदीको माथिल्लो क्षेत्रमा नेपालको भूभागतर्फको एक सहायक नदीमा हिम–चट्टानको पहिरो गएको छ । पहिरोले नदी थुनेर सीमा नदीसँगै पहिरोले बनाएको ताल निर्माण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त तालमा अहिले पानीको सतह उच्च रहेको र पानी ओभरफ्लो हुन थालेकाले थप क्षति हुने जोखिम बढेको छ ।’

नेपाल र चीन दुवैका लागि उद्धार तथा आपत्‌कालीन प्रतिकार्यका दृष्टिले अहिले अवस्था अत्यन्त संवेदनशील चरणमा रहेको दूतावासले भनेको छ ।

‘पहिरोले बनाएको तालभन्दा तलतर्फका क्षेत्रमा रहेका स्थानीय समुदाय तथा सम्बन्धित कर्मचारीलाई नदीको पानीको सतहमा भइरहेको परिवर्तनलाई नजिकबाट निगरानी गर्न, उच्च सतर्कता अपनाउन तथा सम्भावित जोखिम रोकथाम र आपत्कालीन प्रतिकार्यका लागि अग्रिम तयारी गर्न आग्रह गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै, चीन र नेपालका सम्बन्धित निकायहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, विज्ञप्तिमा सर्वसाधारणलाई आधिकारिक तथा विश्वसनीय सूचनामात्रै अनुसरण गर्न, अपुष्ट सूचना फैलाउनबाट जोगिन र अनावश्यक त्रास सिर्जना नगर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?