३० पुस, पोखरा । हेल्प नेपाल पोखरामा भइरहेको दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार आफ्नो अन्तिम लिग खेलमा साविक विजेता गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै हेल्प नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।
हेल्प नेपालले गण्डकीलाई २५-१८, २५-१६, २५-२३ ले हरायो । साविक विजेता गण्डकी भने यसअघि नै बाहिरिसकेको छ ।
पहिलो खेलमा नेपाल पुलिससंग २ सेटको अग्रता लिएर पनि पराजित भएको हेल्प नेपालले त्यसपछि लगातार तीन खेल जित्दै १० अंक जोड्यो ।
हेल्प नेपालले अब नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबबीच शुक्रबारै हुने लिगको अन्तिम खेलको विजेतासंग फाइनल खेल्नेछ ।
प्रतिक्रिया 4