+
+
Shares

गोपीकृष्ण स्मृति ग्रन्थ लोकार्पण, नकुल काजी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १९:५२

३० पुस, बिर्तामोड । पत्रकार तथा साहित्यकार स्व. गोपीकृष्ण खनालको स्मृतिमा प्रकाशित गोपीकृष्ण खनाल स्मृति ग्रन्थको एक समारोहकाबीच लोकार्पण गरिएको छ ।

गोपीकृष्ण स्मृति प्रतिष्ठानको आयोजनामा बिर्तामोडस्थित गोमेन्द्र कलेजमा आयोजित कार्यक्रममा खनाल सेवा समितिका अध्यक्ष हेमप्रसाद खनाल र शिक्षासेवी गणेशप्रसाद खनालले ग्रन्थको लोकार्पण गरे ।

झापामा रहेर साहित्य र पत्रकारितामा संलग्न खनालको २०७५ साल साउनमा सवारी दुर्घटनामा निधन भएको थियो ।

भारत पश्चिम बंगालको शिलगढीमा रहँँदा स्थानीय बाडुली द्वैमासिक हुँदै नेपाली पत्रकारिता क्षेत्रमा प्रवेश गरेका खनालले विवेचना मासिक, अर्धसाप्ताहिक विश्वदीप, भानु, रहर, नयाँ विचार, मनकामना, नयाँ कामना लगायतका साहित्यक एवम् साप्ताहिक समाचारमा सम्वद्ध रहेर सेवा गरेका थिए । ‘उहाँले साहित्य र पत्रकारिता क्षेत्रमा गर्नुभएको योगदान समेटेर स्मृति ग्रन्थ निकालिएको हो’ खनालका छोरा मनोजले भने, ‘पुस्तकमा उहाँले गर्नुभएको कामबारे चर्चा गरिएको छ ।’

स्व. खनालको स्मृतिमा प्रकाशित ग्रन्थको लोकार्पणमा गोपीकृष्ण स्मृति प्रतिष्ठानद्वारा स्थापित गोपीकृष्ण स्मृति पत्रकारिता पुरस्कार अग्रज पत्रकार नकुल काजीलार्ई प्रदान गरिएको छ । पचास हजार रुपैयाँ राशिको पुरस्कार प्रतिष्ठानकी संरक्षक तथा खनालकी धर्मपत्नी रुपादेवी खनालसहित अतिथिहरूले प्रदान गरेका थिए ।

सोही अवसरमा कमल भट्टराई र नरेन्द्र पराजुलीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा बिजय बरालले तयार परेको खनालको जीवनवृत्त समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?