+
+

भाजपा छाडेर समाजवादी पार्टी प्रवेश गरे पूर्वमन्त्री मौर्य

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते २०:४६

३० पुस, काठमाडौं । भारतको उत्तर प्रदेशमा विधानसभा निर्वाचन नजिकिइरहेका बेला योगी आदित्यनाथ नेतृत्वको सरकारबाट हालै बाहिरिएका एक मन्त्री समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

मंगलबार मन्त्रीबाट राजीनामा दिएका स्वामी प्रसाद मौर्य समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । शुक्रबार मात्रै अखिलेश यादवको नेतृत्वमा रहेको समाजवादी पार्टीको सदस्यता लिएका मौर्यले भारतीय जनता पार्टी (भाजपा) र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथमाथि खनिएका छन् ।

मौर्यले भाजपामाथि गरीब, पिछडा वर्ग र दलित समुदायको आँखामा छारो हालेको आरोप लगाएका छन् । भाजपाको पतन शुरु भएको पनि उनको भनाइ छ ।

‘म भाजपालाई भन्न चाहन्छु कि आजदेखि उक्त पार्टीको पतन शुरु भएको छ’, मौर्यलाई उदृत गर्दै भारतीय समाचार माध्यमले लेखेका छन्, ‘भाजापाले मुलुक र यो राज्यका मानिसलाई गुमराहमा पारेर उनीहरूको आँखामा छारो हालेको छ अनि जनताको शोषण गरेको छ ।’

उत्तर प्रदेशलाई भाजपाको शोषणबाट मुक्त गर्नुपर्ने पनि मौर्यको भनाइ थियो । ‘अब भाजपाको अन्त्य गरेर उत्तर प्रदेशलाई भाजपाको शोषणबाट मुक्त गर्नुपर्छ’, उनले थपे ।

नेता मौर्य उत्तर प्रदेशमा प्रभावशाली नेताको रुपमा चिनिन्छन् । उत्तर प्रदेशमा धेरै जातीय मत मौर्यसँग रहेको मानिन्छ । उनीसँगै भाजपा छोड्नेको संख्या बढ्ने अनुमान गरिएको छ । मौर्यसँगै उत्तर प्रदेश सरकारबाट ३ जना मन्त्रीले राजीनामा दिइसकेका छन् ।

बुधबार भाजपा नेता दारा सिंह चौहानले मन्त्री पदबाट राजीनामा दिएका थिए । शुक्रबार नै धरम सिंह सैनीले पनि मन्त्री पदबाट राजीनामा दिएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यस्तै, विधानसभा सदस्य मुकेश वर्मा र अवस्थी बाला प्रसादले समेत भाजपा छोडेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?