
१ माघ, काठमाडौं । चितवन र कैलालीमा पनि कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५०० नाघेको छ । योसँगै ५०० भन्दा बढी सक्रिय संक्रमित पुग्ने जिल्लाको संख्या ८ पुगेको छ ।
शनिबार कैलालीमा ५५३ र चितवनमा ६३५ जना सक्रिय संक्रमित पुगेका छन् । शुक्रबारसम्म काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मोरङ र सुनसरीमा मात्र सक्रिय संक्रमितको संख्या ५०० नाघेको थियो ।
काठमाडौंमा हाल सक्रिय संक्रमितको संख्या ९०६१ रहेको छ । ललितपुरमा २३८२ र भक्तपुरमा १३७१ जना रहेका छन् ।
त्यस्तै झापा, धनुषा, मकवानपुर, काभ्रे, नवलपरासी पूर्व, बाँके र रुपन्देहीमा सक्रिय संक्रमितको संख्या २०० नाघेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4