+
+

साढे ३ करोडको लागतमा एकीकृत दलित बस्तीको निर्माण

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १ गते १९:५५

१ माघ, रौतहट । रौतहटको मर्यादपुरमा साढे तीन करोड रुपैयाँको लागतमा एकीकृत दलित बस्तीको निर्माण सम्पन्न भएको छ ।

सो एकीकृत बस्तीको शनिबार पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरे । रौतहटको मौलापुर नगरपालिका २ मर्यादपुरमा निर्माण भएको सो एकीकृत बस्तीमा २५ घर छ ।

चमार जातिको उत्थानका लागि उनीहरुको बसोबासस्थलको सुधार गर्न मौलापुर नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गरिदिएको हो । बस्तीमा रहेका व्यक्तिहरुको ६ कठ्ठा जग्गामा मौलापुर नगरपालिकाले ११ कठ्ठा जग्गा खरीद गरी कुल १७ कठ्ठा क्षेत्रफलमा पक्की भवन निर्माण गरेको हो ।

फुसको झुपडीमा निकै कष्टपूर्ण जीवन बिताइरहेका दलित परिवारको घर निर्माणका लागि कुल ३ करोड ४६ लाख रुपैयाँ खर्च भएको मौलापुर नगरपालिकाका मेयर रिना साहले बताइन् ।

मेयर साहले भनिन् ‘जग्गा खरीदका लागि ६६ लाख, जग्गा विकास तथा कम्पाउण्ड वालमा ८० लाख र प्रतिघर ८ लाख रुपैयाँका दरले २ करोड खर्च भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?