+
+

दिल्ली र मुम्बईमा ह्वात्तै घट्यो कोरोना संक्रमण

दिल्ली र मुम्बईमा ८० बेड खाली

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १८:५२

३ माघ, काठमाडौं । भारतका दुई मुख्य शहरमा कोभिड-१९ का संक्रमित एक्कासी घटेका छन् । अधिकारीहरूले दिल्ली र मुम्बईमा कोभिड संक्रमितको संख्या ह्वात्तै घटेको बताएका हुन् ।

भारतमा तेस्रो लहर शुरु भएसँगै पछिल्लो समय दैनिक संक्रमितको संख्या बढिरहेको देखिन्छ । त्यहाँ केही दिनयता दैनिक संक्रमितको संख्या साढे २ लाख नाघेका छन् । तर राजधानी दिल्ली र मुम्बईमा पछिल्लो २ दिनमा संक्रमितको संख्या निकै घटेको अधिकारीको भनाइ छ ।

दिल्लीमा सोमबार १५ हजारभन्दा कम अर्थात् जनवरीको शुरुयता पहिलो पटक १५ हजार भन्दा कम संक्रमित थपिने अपेक्षा गरिएको छ । मुम्बईमा आइतबार दैनिक संक्रमितको संख्या जनवरीयता पहिलो पटक १० हजारभन्दा कममा झरेको छ ।

दिल्ली र भारतको आर्थिक राजधानी समेत मानिने मुम्बईमा संक्रमित भएकामध्ये अधिकांश घरमै निको भएको रोइटर्स समाचारले जनाएको छ । दुबै शहरका कोभिड अस्पतालमा ८० प्रतिशतभन्दा बढी बेड खाली रहेको समाचारमा उल्लेख छ ।

निकै संक्रामक मानिएको ओमिक्रोन भेरियन्ट फेला परेयता भारतमा नयाँ वर्षदेखि संक्रमतिको संख्या एक्कासी बढेको छ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ हालसम्म कोभिड संक्रमितको संख्या कुल तीन करोड ७३ लाख ८० हजार पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३८५ जना संक्रमितको ज्यान गएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो पटक थपिएका मृतकको संख्यासँगै भारतमा हालसम्म कुल ४ लाख ८६ हजार ४५१ जना संक्रमितको ज्यान गएको छ ।

यसबाहेक, कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या एक दिनमा ६.०२ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ४६६ जना ओमिक्रोन भेरियन्टका संक्रमित थपिएसँगै यो भेरियन्टबाट संक्रमित हुनेको संख्या ८ हजार २०९ पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतमा तेस्रो लहरसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । हाल त्यहाँ सक्रिय संक्रमितको संख्या १६ लाख ५६ हजार ३४१ रहेको छ भने निको हुने दर ९४.२७ छ । साथै, दैनिक संक्रमण दर १९.६५ प्रतिशत रहेको छ ।

भारत सरकारले कोभिड-१९ को खोप लगाउन सुरु गरेको १ वर्ष पुरा भएको छ । त्यस अवधिमा एक अर्ब ५७ करोडभन्दा बढी खोपको डोज लगाइ सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?