+
+

ट्रमा सेन्टरका ५२ स्वास्थ्यकर्मी संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते २१:३६

३ माघ, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका ५२ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गत दुई तीनयता संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या बढ्दै गएको ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीले जानकारी दिए ।

डा. जोशीका अनुसार एमसीएच गर्ने सिनियर चिकित्सक, कन्सलटेन्ट चिकित्सक, नर्स तथा फिजियोथेरापिस्ट, ल्याबका कर्मचारी लाई संक्रमण पुष्टि भएको छ ।

‘स्वास्थ्यकर्मी संक्रमित हुने दर ह्वातै बढेको छ,’ डा. जोशीले भने,’ दुई तीनभित्रमा ५२ जनामा संक्रमण पुष्टि भएको छ ।’ स्वास्थ्यकर्मी संक्रमित हुँदै जाँदा अस्पतालको प्रभावति हुँदै गएको उनी बताउँछन् ।

‘गत शुक्रबार ब्लड बैंकका सबै कर्मचारीलाई संक्रमण देखियो । ब्लड बैंकनै बन्द गर्नुपर्ने अवस्था आएको थियो,’ डा. जोशीले भने, ‘अर्को विभागबाट कर्मचारीको व्यवस्थापन गरेर भएपनि सेवा सञ्चालन गरायौं ।’

स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गएपछि सेन्टरले सोमबार सबै युनिटका प्रमुखहरु, सिनियर चिकित्सक, नर्स लगायतसँग बैठक राखेको छ ।

‘अब दिनमा अस्पतालले कसरी सेवा सञ्चालन गर्ने लगायतका विषयमा छलफल गरियो । नयाँ रणनीति अनुसार अस्पतालबाट सेवा प्रदान गर्ने निर्णय भएको छ,’ डा. जोशीले भने ।

डा. जोशीका अनुसार कोरोना लक्षण देखिएका बिरामीलाई आइसोलेसनमा राख्ने, अप्रेसन सेवामा रुटिनका केसहरुलाई भन्दा आकस्मिक केसलाई बढी प्राथमिकता दिने र रुटिनका केसलाई कम गर्ने निर्णय गरिएको छ ।

‘स्वास्थ्यकर्मी पालैपालो ड्युटीमा लगाउने तयारी भइरहेको छ । बिरामीका आफन्त दुई जना समेत आउन पाउने व्यवस्था लागू गरेका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

महानगरपालिका मत परिणाम

छुटाउनुभयो कि ?