+
+

‘महाभारत’का ‘कृष्ण’ भन्छन्- डिभोर्स मृत्युभन्दा बढी पीडादायी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १४:४१

४ माघ, काठमाडौं । टेलिभिजनको ऐतिहासिक सिरियल ‘महाभारत’मा कृष्णको भूमिका निर्वाह गरेर चर्चामा आएका अभिनेता नितिश भारद्वाजले सम्बन्ध विच्छेद मृत्युभन्दा बढी पीडादायी हुने बताएका छन् ।

सन् २०१९ मा उनी र पत्नी स्मिताले आफ्नो १२ वर्षे वैवाहिक जीवनलाई पूर्णविराम लगाएका थिए । स्मिता एक आईएएस अफिसर हुन् । उनीहरुका जुम्ल्याहा छोरी छन् । उनीहरु आमासँगै इन्दौरमा बस्छन् ।

हालै एक अन्तर्वार्तामा नितिशले पत्नी स्मितासँग अलग हुनुको कारणबारे खुलाउँदै सम्बन्ध विच्छेद पीडादायी क्षण भएको बताएका हुन् । बम्बे टाइम्ससँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘मैले फेमिली कोर्टमा सम्बन्ध विच्छेदका लागि २०१९ को सेप्टेम्बरमा फाइल गरेको थिएँ । म यसलाई गहिराइबाट बुझ्न चाहन्छु कि कुन कारण हामी दुई अलग हुन पुग्यौं । यो मामला अब कोर्टमा पुगेको छ । तर, यति भन्न सक्छु डिभोर्स मृत्युभन्दा पीडादायी हुने रहेछ ।’

एकअर्काको स्वभाव र भावनामा सम्झौता हुन नसक्दा सम्बन्ध विच्छेदसम्म पुग्नु परेको उनले खुलाएका छन् । बाबु–आमाको सम्बन्ध विच्छेदको विषयले बच्चालाई गम्भीर असर पर्ने आफूले महसुस गरेको उनले बताएका छन् । नितिशले आफ्ना दुई छोरीसँग कुराकानी गर्ने अवसर पनि मिल्न नसकेको र सम्बन्ध टुट्नुको गहिरो कारणबारे स्मितासँग कुरा गर्ने प्रयास गरेपनि सफल हुन नसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?